वीरगञ्ज स्थित आदर्शनगरमा रहेको चित्रलेखा स्टुडियोमा प्रहरीले छापा मारेको छ । लकडाउनको मौका छोपेर वीरगन्जको आदर्शनगरमा रहेको एक फोटो स्टुडियो यौनधन्दा चलाएको आरोपमा दुई युवतीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हाे ।
वीरगन्ज–१० आदर्शनगर स्थित कैलाश चोक नजिक रहेको चित्रलेखा स्टुडियोमा प्रहरेले छापामारी गरेर पाँचै जनालाई पक्राउ गरेको स्राेतले जनाएकाे छ । स्थानियको सुचनाको आधारमा एसटिएफका प्रहरी नायब निरीक्षक सुर्य चौधरीको नेतृत्वमा खटेका प्रहरी टोलिले स्टुडियोका सञ्चालक बैजु प्रजापती र दुई जना युवतीसहित अन्य दुई जना युवकलाई पक्राउ जनाएकाे छ ।
पक्राउ गरेका पाँचै जनालाइ आवश्यक अनुसन्धान र कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाइएको प्रहरी नायब निरीक्षक चौधरीले बताए ।
प्रहरी स्टुडियोमा छापामारी गर्न प्रवेश गरे पछि युवतीहरुलाइ स्टुडियोको पर्खाल माथी बनाइएको गोप्य रुममा लुकाईएको अवस्थामा उनिहरूलाई नियन्त्रणमा लिएको थियो ।