२०७७ जेष्ठ १० : काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप ३६ जनमा कोरोना संक्रमण पुष्टि भएको बताएको छ ।
शनिबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३६ जनामा कोरोना पुष्टि भएको बताउनु भयो ।
प्रवक्ता देवकोटाले सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीको शिवनाथ गाउँपालिकाका ४ जनामा कोरोना पुष्टि भएको बताउनु भयो । उनीहरु संक्रमणको आशंकामा सेती अस्पतालको आइसोलेसमा थिए । उनीहरुको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि पीसीआर विजधिबाट परीक्षण गर्दा पनि पोजेटिभ नै आएको प्रवक्ता देवकोटाले बताउनु भयो । संक्रमित २० वर्षीय २ जना २२ वर्षीय १ र २७ वर्षीय १ गरी चार पुरुष रहेका छन् ।
त्यस्तै कोशी अञ्चलको प्रयोगशालामा गरिएको परीक्षणमा झापाको झापा गाउँपालिकाका डिल्लीराज मावि क्वारेन्टिमा रहेका ३३ वर्षीय पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको छ ।