काठमाडौं । राष्ट्रिय मुस्लिम आयोगले सरकारले जारी राखेको ‘लकडाउन’लाई अक्षरशः पारित गर्दै घरभित्रै बसेर ईदुउल फित्रका अवसरमा नमाज पढ्न आग्रह गरेको छ ।
रमजान महिनाको अन्त्यमा मनाइने प्रमुख पर्व ईदुउल फित्रका दिन मस्जिदमा गई सामूहिक नमाज पढ्ने प्रचलन मुसलमान समुदायमा रहेको छ । रमजानको शुरुका दिनमा पनि आयोगले कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै घरमै बसेर नमाज पढन् अनुरोध गरेको थियो ।
सबै नागरिकको सुरक्षाका लागि आफ्नो खुशी त्यागेर भए पनि घरमै बसेर नमाज पढ्न उनले आग्रह मात्रै गरेनन् विपद्को समयमा सरकारको अनुरोधलाई पूर्णरुपमा पालना गर्नसमेत ध्यानाकर्षण गराए ।
उनले ईदको नमाज पढेपछि छरछिमेकमा पुगी एकअर्कामा शुभकामना आदानप्रदान नगर्न अनुरोध गर्दै देशको कुनै पनि ठाउँबाट आज चन्द्रमा देखिए आइतबार ईदु–उल–फित्र मनाउने नभए सोमबार मात्रै ईदुउल फित्रको नमाज आदा गरिने जानकारी दिए ।
इस्लाम धर्मावलम्बीले रमजान महिनामा दिनभर निराहार वर्त अर्थात् रोजा (उपवास) बसेर नमाज पढछन् । रमजानको अन्तिम दिन इदउल फित्र नमाज आदा गरेपछि एक महिना लामो उपवास तोडिने विश्वास छ । आइतबार रमजान महिनाको अन्तिम (३०औँ) दिन हो ।