अस्पतालमा आलोपालो ड्यूटी मिलाउन मन्त्रालयको निर्देशन

Health-Education

२०७७ जेष्ठ १३  : काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले अस्पतालमा स्वास्थ्यर्मीको ड्यूटी मिलाउँन निर्देशन दिएको छ । मंगलबार दिउँसो सूचना जारी गर्दै मन्त्रलायले कोभिड–१९ महामारीका बेला स्वास्थ्य सेवालाई चुस्त बनाउन देशभरका अस्पतालहरुलाई निर्देशन दिएको हो ।

स्वास्थ्यकर्मी तथा सहयोगीहरुमै कोरोना संक्रमण भइरहेको र यसले निमिमित सेवामा प्रवाह असर पर्न सक्ने भन्दै ड्यूटी मिलाउन मन्त्रालयले आग्रह गरेको छ । ‘अस्पतालहरुले उपलब्ध जनशक्तिलाई सुरक्षित र व्यवस्थित गर्न दुई समूह  बनाई आलोपालो ड्युटी लगाई (एउटा टोली एक हप्ता एउटा टोली अर्को हप्ता गरी) सेवा निरन्तरताको सुनिश्चता गर्न अनुरोध छ’ निर्देशनमा भनिएको छ ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाई  (सचिवस्तर) को मिति २०७७/२/१२ को निर्णयका आधारमा यस अनुरोध गरिएको सूचनामा भनिएको छ ।