काठमाडौं – गत शनिबार १० गते रुकुम पश्चिम चौरजहारी वडा नम्बर ८ का मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न गएका जाजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ का नवराज विकको हत्या र उनका ३ जना साथीको हत्याको विषयमा यतिबेला देशभर बहस भएको छ ।
१९ जनाको समूह लिएर चौरजहारी पुगेका नवराज विक केटी लाने पक्ष समुह र केटी पक्षबीच झडप हुँदा विकसहित उनका साथीहरुलाई लखेटेर हत्या गरेको घटनाका विषयमा प्रतिनिधीसभामा समेत बहस भएको छ ।
स्थानीयले ढुंगामुडा प्रयोग गरेर भगाउने क्रममा नदीमा हाम फालेका नवराज विकको शव भेरी नदीको बीच भागमा फेला परेको थियो । उनीसँगै गएका टीकाराम सुनार र गणेश बुढाको शव फेला परेको छ । केहि युवा बेपत्ता छन् । उक्त घटनामा ३ जनाको ज्यान गएको छ र ३ जना बेपत्ता छन् ।
जेठ १० गतेको यो घटनालाई लिएर देशव्यापी रुपमा विरोध समेत भएको छ ।
कोरोना महामारीबाट बच्न देशभर लकडाउनको नीति लिईएका कारण अधिकांशले सामाजिक सञ्जालमार्फत् यसको विरोध गरेका छन् ।
यसैबीच रुकुम पश्चिम घटना स् दोषिलाई कारवाही गर्न माग गर्दै माइतीघरमा प्रदर्शन समेत भएको छ ।
यसैबीच चर्चित गायक प्रकाश सपुतले पनि सामाजिक सञ्जालमा लेखेका छन् :
“यो जुनीमा आफू मान्छे मानिन्छु कि मानिन्न भन्दै सरकारसँग प्रश्न गरेका छन् । सपुत लेख्छन्–
सरकार !
खुकुरी उदाएर निस्किएकै हो !
जान्छु देशको सिमानामा र थापिन्छु !
कि काट्छु कि काटिन्छु भनेर !
तर रुकुम पुगेर रोकिए !
सरकार !
त्यहा त झन कत्रो ठुलो पर्खाल रैछ नि ?
जातिए विभेदको !
वर्गिय विभेदको !
सिमाना भित्रैका यि पर्खालहरु भत्काउदा भत्काउदै
देशको सिमानामा पुग्न ढिलो भए भने
म राष्ट्रवादी मानिन्छुकि मानिन्न सरकार ?
देशभक्त मानिन्छु कि मानिन्न ?
सरकार !
उत्तर दिईहाल्नु भयो भने
यसको उत्तर पनि दिनु होला ।
म एक स्वाभिमानी नेपाली
यो जुनिमा “मान्छे” मानिन्छु कि मानिन्न ?
उनले मार्मीक ढंगले लेखेका छन् – “नवराज तिमी संगै हाम्रो आत्मसम्मानको पनि मृत्यु भएको छ ।हार्दिक श्रद्धांजलि
दलित भएकै कारण ! प्रेम गरेकै कारण मर्नु पर्ने नियति देशकै लागि लज्जास्पद छ ! सारै दुखद छ । “कुरी -कुरी समाज, कुरी कुरी कानुन ! “