काठमाडौं – गत शनिबार १० गते रुकुम पश्चिम चौरजहारी वडा नम्बर ८ का मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न गएका जाजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ का नवराज विकको हत्या र उनका ३ जना साथीको हत्याको विषयमा यतिबेला देशभर बहस भएको छ । केहिबेरअघि नायिका रिमा विश्वकर्माले यसबारे विरोध गर्न सबैलाई आह्वान गरेकी थिईन् ।
नायिका रीमा विश्वकर्माले सामाजिक सञ्जालमार्फत् कुटपिट गरेर मार्नु जातिय घटना होइन भन्दै दोषीलाई हदैसम्मको कारबाही माग गरेकी छिन् । उनले लेखेकी छिन् :
एक्काइसौं शताब्दीमा पनि सामाजिक विभेदका कारण कसैलाई कुटपिट गरेर मार्नु जातिय घटना होइन अमानवीय अपराध हो।
कोरोना भाइरस त लाग्छ लाग्दैन थाहा छैन तर विभेदको भाइरसले सदियौदेखी समाजलाई विरामी भने पक्कै बनाएको छ।
माहामारीको रूपमा फैलिएको अन्धविस्श्वास र कुरीतीको समय मै कानुनी उपचार गर्न अत्यन्त आवश्यक छ हैन भने अझ घेरै निर्दोष नवराज विश्वकर्माहरूले अकाल मै ज्यान गुमाउने छन्।
सबै सचेत नागरिक मिली सम्बन्घित निकायलाई घटनाको निष्पक्ष छानबिन गरि दोषीमाथी कडा भन्दा कडाकारवाही गर्न हार्दिक अपिल गरौ।