चिलीका दुई मन्त्रीलाई कोरोना संक्रमण

International

काठमाडौं । चिलीका दुई मन्त्रीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

चिलीका उर्जामन्त्री जुआन कार्लोस जोबेट र सार्वजनिक निर्माण मन्त्री अल्फ्रेडो मोरेनोलाई कोरोना संक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

यसैबीच चिलीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८०६ जनाको मृत्यु भईसकेको छ भने ७७ हजार ९६१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३० हजार ९१५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार २०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

एजेन्सीको सहयोगमा