काठमाडौँ – नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
दैलेखस्थित दुल्लुका एक ३५ वर्षीय पुरुषको आइतबार कोरोना संक्रमणका कारण मृत्यु भएपछि मृतकको संख्या ८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका हुन् ।
आइतबार नै बाजुराकी एक २ वर्षीय बालिकाको कोरोनाकै कारण मृत्यु भएको थियो ।