जनजीवन सहज हुने गरि लकडाउनको उपाय निकाल्न माग
काठमाण्डौं, जेष्ठ, १९ :कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सकारले बिगत ७० दिनदेखी लागू गरेको लकडाउन खुकुलो बनाउन नेपाल विज्ञापन संघले माग गरेको छ ।
लामो समयसम्मको लकडाउनले गर्दा आम सर्वसाधारण जनताएवं उद्योग, व्यवसाय, कल कारखाना, सेवाउद्योग, आमसञ्चार क्षेत्रमा पर्न जाने असरलाई हृदयंगम गरि विस्तारै सुरक्षित तवरवाट जनजिवनलाई सहज हुने गरि केहि खुकुलो पार्न संघले एक बिज्ञप्ति मार्फत माग गरेको हो । “आम नागरिकको स्वास्थ्य एवं जन जिविकालाई पुर्न विचार गर्दै लकडाउनको तरिकालाई बिश्लेषण गरी अन्य समाधानका उपायहरुको खोजि गर्न नेपाल सरकार समक्ष नेपाल विज्ञापन संघ हार्दिक अनुरोध गर्दछ ।” बिज्ञप्तिमा भनिएको छ ।
उद्योग, व्यवसाय, कल कारखाना, सेवाउद्योग, आमसञ्चार क्षेत्रलाई निरन्तर वन्द गरि रहदा आम जनसमुदाय, उपभोक्ता, कामदार, मजदुर, व्यवसायी, पेशाकर्मी सञ्चालक, उद्योगिलाई आर्थिक रुपमा क्षतिका अलावा अरबौको लगानी समेत डुव्ने यर्थाथतालाई समेत सोचेर राज्यले एक अभिभावकको भमिका निर्वाह गर्दे रोगको माहामारी नियन्त्रण एवं व्यवसायको सञ्चालन दुवै पक्षलाई संगसंगै अगाडि वढाउन सरोकारवाला पक्ष तथा विशेषज्ञ समेतको परार्मश गरि मध्यम मार्ग प्रसस्त गर्न अपरिहार्य रहेको संघका अध्यक्ष रविन्द्र कुमार रिजाल“शशि’’ द्वारा हस्ताक्षरित बिज्ञप्तिमा लेखिएको छ ।
अन्यथा देशगहिरो आर्थिक संकटमा परी आम नागरिक भोकमरीको शिकार हुनसक्ने तर्फ सचेत रहनसमेत संघ सरकारको ध्यानाकर्षण गराएको छ । साथै बिज्ञप्तिमा यस कार्यमा सर्वसाधारण र उद्योगि व्यवसायीको सहकार्य जरुरी रहेको जनाएको छ । साथै नेपाल सरकारले जारी गरेको कोरोना भाइसरबाट बच्ने उपायहरुको पूर्णपालना गर्दै स्वास्थ्य सम्बन्धी जानकारीलाई सिरोपर गर्ने शर्तमा व्यवसाय तथा उद्योगहरु यथाशक्य सञ्चालनमा ल्याउनका लागि समेत संघले अनुरोध गरेको छ ।