मानव अधिकारको रक्षा र अल्पसंख्यकलाई सरंक्षण गर्न अमेरिकालाई चीनको आग्रह

International

एजेन्सी, १९ जेठ । चीनले मानव अधिकारको रक्षा र अल्पसंख्यकलाई सरंक्षण गर्न अमेरिकालाई आग्रह गरेको छ।

उक्त घटनापछि अमेरिकामा प्रदर्शन हिंसात्मक भइरहेका बेला प्रतिष्पर्धी शक्ति राष्ट्र चीनले प्रतिक्रिया जनाएको हो।

केहि दिन आघि एक अमेरिकी प्रहरीले अफ्रिकी मुलका एकजना काला जातिका पुरूषलाई घुँडाले घाँटी थिचेर मारेपछि अहिले अमेरिकाभर प्रदर्शन भइरहेको छ। अमेरिकाका विभिन्न सहरमा कर्फ्यू लगाइए पनि प्रदर्शनकारी त्यसलाई उल्लंघन गर्दै सडकमा निस्किएका छन्।

उनीहरूले राष्ट्रपतिको निवास र कार्यालय रहेको ह्वाइट हाउस वरपर प्रदर्शन गरिरहेका छन्।

ह्वाइट हाउस वरपर प्रदर्शन बढ्दै गएपछि सेक्रेट एजेन्सीका अधिकारीहरूले शुक्रबार राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एक घन्टा ह्वाइट हाउसभित्रकै बंकरमा लिएर राखेका थिए।

यसअघि हङकङमा भएको प्रजातन्त्र पक्षधरको प्रदर्शनलाई अमेरिकाले समर्थन गर्दै आएको थियो।

चीनमा मानव अधिकारको हनन हुने र सिन्जियाङका मुस्लिम अल्पसंख्यकमाथि कम्युनिष्ट पार्टीले दमन गर्ने गरेको अमेरिकाको आरोप लगाउदै आएकोमा बेइजिङले मानव अधिकारको रक्षा र अल्पसंख्यकलाई सरंक्षण गर्नु अमेरिकालाई आग्रह गरेको छ।

सोमबार बेईजिंङमा भएको नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजिआन झाओले अमेरिकालाई जातीय भेदभाव उन्मुलन गर्न र अल्पसंख्यकको कानुनसम्मत अधिकारको रक्षा गर्न भनेका छन्।