काठमाडौं। ७० दिनको लकडाउनले सर्वसाधारणलाई हातमुख जोड्नै अप्ठेरो भइरहेका बेला अर्थमन्त्री डा. युवराज खतिवडाले भने आफ्ना कर्मचारी पाल्न भन्दै कर तिर्न उर्दी जारी गरेका छन्। लकडाउन खुकुलो बनाउन माग गरिरहेका ब्यवसायीलाई वेवास्ता गर्दै खतिवडाले लकडाउनकै बीच कर तिर्न उर्दी जारी गरेका हुन्। जेठ ३२ गतेसम्म लकडाउन घोषणा गरेको सरकारले जेठ २५ गतेभित्र सबै कर तिर्न भनेको छ। यदि कसैले तिरेन भने कारवाही गर्ने धम्की पनि दिएको छ।
अर्थमन्त्री खतिवडाले कर तिर्न जारी गरेको उर्दीको सामाजिक सञ्जालमा ब्यापक विरोध भइरहेको छ। सामाजिक सञ्जालमा ‘सरकार गुण्डागर्दी शैलीमा उत्रिएको’ भन्दै आलोचना भइरहेको छ। कतिपयले सरकार तानाशाही शैलीमा उत्रिएको पनि प्रतिक्रिया ब्यक्त गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कर तिर्न जारी भएको उर्दी सन्दर्भमा ट्वीट गरेका छन्। उनले लेखेका छन्- लकडाउनले ७० दिनदेखि व्यवसाय ठप्प छ। अन्यत्र उद्यमी व्यवसायीलाई राहत दिइएको छ, यहाँ बजेटले पनि हाम्रा समस्या समाधान गर्न सकेन। बरु जेठ २५ गतेभित्र कर तिर्न सूचना आएको छ। सरकारसँग आग्रह राहत दिन नसकेपनि आहत त नगरियोस्। लकडाउन खोलौ, कारोबार गरौं, त्यसपछि कर त उठिहाल्छ।
लकडाउनले ७० दिनदेखि व्यवसाय ठप्प छ । अन्यत्र उद्यमी व्यवसायीलाई राहत दिइएको छ, यहाँ बजेटले पनि हाम्रा समस्या समाधान गर्न सकेन । बरु जेठ २५ गतेभित्र कर तिर्न सूचना आएको छ । सरकारसंग आग्रह राहत दिन नसकेपनि आहत त नगरियोस् । लकडाउन खोलौ, कारोबार गरौ, त्यसपछि कर त उठिहाल्छ।
— Shekhar Golchha (@golchha_shekhar) June 2, 2020