डेडिकेतेड अस्पतालमा आइसोलेसन वार्ड अभाव : कोरोना संक्रमितको मन्दिरमा बास

Health-Education

काठमाडौँ   –  सुदूरपश्‍चिम प्रदेशको एकमात्र कोभिड १९ डेडिकेतेड अस्पतालमा आइसोलेसन वार्डको अभाव हुँदा कोरोना संक्रमितको मन्दिरमा बास भएको छ।

सेती प्रादेशिक अस्पतालले कोरोना संक्रमितहरूलाई आइसोलेसन वार्डमा बेडको अभाव भएको भन्दै भर्ना नगरी फिर्ता पठाएपछि उनीहरू मन्दिरमा बस्न बाध्य भएका हुन् ।

२४ शय्याको आइसोलेसन वार्ड भरिभराउ भएको र अन्यलाई राख्ने ठाउँ नभएको भन्दै सेती प्रादेशिक अस्पतालले पाँचजना कोरोना संक्रमितलाई भर्ना नगरी फिर्ता पठाएको छ ।