लकडाउनका विषयमा छलफल गर्न विज्ञहरुसँग प्रधानमन्त्रीको बैठक

Politics

२०७७ जेष्ठ २१ : काठमाडौँ  – प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनलगायत विषयमा छलफल गर्न आज दिउँसो चार बजे विज्ञहरुलाई बालुवाटार बोलाउनुभएको छ । प्रधानमन्त्री ओलीले आर्थिक, सामाजिक, स्वास्थ्यलगायत क्षेत्रका २५ जना विज्ञसँग छलफल गर्नुहुने भएको छ । उक्त छलफलपछि मात्रै लकडाउनको मोडालिटीबारे निर्णय लिइने भएको छ । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि जेठ ३२ गतेसम्म लककडाउन लम्ब्याए पनि नेपालमा संक्रमितहरुको संख्या बढिरहेको छ । यद्यपि लकडाउनको मोडालिटी परिवर्तन गर्न र आर्थिक गतिविधि सुरु गर्न सरकारमाथि दबाब परिरहेको छ ।।