२०७७ जेष्ठ २१ : काठमाडौँ – पर्सामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको हो ।
कालिकामाईमा ४ जना, सखुवाप्रसौनीमा २ जना र विन्दबासिनी गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ । संक्रमितहरु सबै क्वारेन्टिनमा राखिएका पुरुष हुन् ।
उनीहरुको उमेर १६ देखि ४९ वर्षसम्म छ । वीरगञ्जस्थित नारायणी अस्पताल र गण्डक कोभिड अस्पतालबाट उपचारपछि ९७ जना कोरोनामुक्त भइ घर फर्किसकेका छन् ।