उग्रचण्डी भगवती माईको शीलामा पसिना आयो, अनिष्टको पूर्व संकेत रहेकाे बिश्वास

News

२०७७ जेठ २१ , काभ्रे । काभ्रेको नालामा रहेको उग्रचण्डी भगवती माईको शीलामा बुधबार पसिना आएको छ । बुधबार बिहान पौने ७ बजे मन्दिरमा महिला रोएको आवाज सुनिएको र उग्रचण्डी भगवती माईको शीलामा पसिना आएको पुजारी सिद्धिबहादुर कर्माचार्यले बताए । तत्पश्चात भगवतीकाे पसिना पुछ्न कपास राखिएकाे थियाे । अहिले साेही मन्दिर परिसरमा रहेकाे पाटीमा स्थानीयहरु भजनकृतन गर्दैछन् याे समयमा पनि । भगवती माईको शीलामा पसिना आउनुलाई अनिष्टको पूर्व संकेतको रुपमा लिइदै आइएको छ । भगवती माईको शीलामा पसिना आएपछि पुजारीहरुले तत्काल क्षमा पूजा गर्ने चलन रहेको छ । पहिला झण्डै २०० वर्ष अघि विफरकाे महामारी फैलिनु अघि पनि यसरी नै नाला भगवतीलाई पसिनाका साथै रगतकाे थाेपा पनि आएकाे थियाे भने वि‍ स‌ २०७१ साल कार्तिकमा पनि पसिना आएकाे त्यहाँका स्थानीयहरुले बताएका छन् ।