दुई दिनदेखि बेपत्ता बालक पोखरीमा मृत्त फेला

News

राजविराज, जेठ २४ गते । दुई दिनदेखि बेपत्ता सप्तरीको महादेवा गाउँपालिका- २ अकवरपुर धाता टोलका एक बालक पोखरीमा मृत्त फेला परेका छन् । गत बुधबार साँझदेखि बेपत्ता स्थानीय सुर्यनारायण यादवका चार वर्षीय छोरा सुधीर यादव मृत्त अवस्थामा पोखरीमा फेला परेका हुन । घरसँग टाँसिएको आफन्तको घरमा टिभी हेर्न गएका बालक बेपत्ता भएका थिए । टिभी हेर्दै गर्दा विद्युत आपूर्ति बन्द भएपछि घरतिर लागेका थिए । राती अबेरसम्म घर नआएपछि रातभर खोजतलास गर्दा नभेटिएको बालक भोलिपल्ट नजिकको पोखरीमा मृत्त अवस्थामा तैरिरहेकाे भेटिएको प्रहरीले बताइएको छ ।
टिभी हेरेर घरतिर लाग्दा रातीको समयमा बीच बाटोबाटै कसरी बेपत्ता भएको र घरदेखि करिब दुई मिटरको दूरीमा रहेको पोखरीसम्म कसरी पुगेको भन्ने पीडित परिवारजनले प्रश्न गर्दै घटना रहश्यमय रहेको बताएको छ । बिहीबार बिहान प्रहरी, स्थानीयवासी र आफन्तजनले पोखरी, वरिपरी चारैतिर खोजतालस गर्दा बालक नभेटेको र साँझतिर त्यही पोखरीमा शङ्कास्पद अवस्थामा मृत्त भेटिएको कारण घटना रहश्यमय भएको परिवारजनले बताएकाे छ ।
बालकको शव राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमामा रहेको तथा परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताइएको छ ।