सुनको भाउ तोलाको १० हजार ४ सय रुपैयाँले वृद्धि

Economy

२०७७ जेष्ठ २५  : काठमाडौँ  – सरकारले जारी गरेको लकडाउनपछि आज पहिलोपटक सुनको मूल्य तोकिएको छ । चैत ११ देखि कोरोनाका कारण देश लकडाउनमा भएकाले सुनको मूल्य तोकिएको थिएन । तर नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य तोकेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ तोकेको छ ।

सरकारले ल्याएको नयाँ बजेट मार्फत सुनको भन्सार दर बढाइएकाले पनि मूल्य बढेको हो । सुनको मूल्य लकडाउनअघि चैत १० मा प्रति तोला ७७ हजार रुपैयाँ थियो । आज पुरानो मूल्यसँग तुलना गर्दा तोलामा १० हजार चार सय रुपैयाँले बढेको छ । त्यस्तै आजका लागि तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ९ सय ६० रुपैयाँ तोकिएको छ । नेपाल सुन चाँदी ब्यवसायी महासंघले आज चाँदीको मूल्य ९२५ रुपैयाँ तोकेको छ ।