थप २१३ जनामा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या ३४ सय ४८

Health-Education

२०७७ जेष्ठ २५ : काठमाडौँ – नेथप २ सय १३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले नेपालमा थप २१३  जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताउनु भयो ।

डाक्टर देवकोटाका अनुसार अहिले देशभरका आइसोलेसनमा २  हजार ९  सय  ६८  जना संक्रमित रहेका छन् । पछिल्लो २४ धण्टामा १ सय २ जना डिस्चार्ज भएका छन् । योसँगै आजसम्म ४  सय ७७ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३  जना रहेको छ  ।