२०७७ जेष्ठ २५ : काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बजेटमा समेटेका कार्यक्रमबारे प्रश्न उठाएका छन् ।
आइतबार प्रतिनिधिसभा संसदमा बोलेका सांसद थापाले शिक्षाका कार्यक्रमले निराश बनाएको उल्लेख गरे । सांसद थापाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममाथि प्रश्न उठाएका हुन् ।
‘शिक्षामन्त्रीलाई सोध्न मन लागेको छ, राष्ट्रपतिलाई श्री ६ बनाउने रहर किन पलायो ?,’ उनले प्रश्न गरे, ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम भनेर हिजो राजाले बक्सिस मारेकोजस्तो राष्ट्रपतिले खुट्टा टेकेको ठाउँमा मनलाग्दै गर्दा पैसा दिन पाउने कार्यक्रम संघीयता, संविधान र व्यवस्थाविरोधी छ।’
यस्तो कार्यक्रमलाई छ अरब बजेट दिइएको थापाको भनाइ छ । ‘गत वर्ष पाँच अरब बजेट भएको यस्तो कार्यक्रमलाई अहिले छ अरब बजेटरु’ उनले भने ।
शिक्षा मन्त्रीले यस्ता कार्यक्रम बनाउँदा तलब नपाएका सहजकर्ता, शिक्षक र आशिंक प्राध्यापकको याद गर्नुपर्ने थापाको भनाइ छ । ‘यो कार्यक्रम बनाउँदा अलिकति याद आएन इडिसिडीका सहजकर्ता, तलब नपाएर बसेका शिक्षक, आंशिक प्राध्यापक भोकै बसेकोरु’ उनले प्रश्न गरेका छन् ।