प्रधानमन्त्री ओलीको रचना रहेको गीति एल्बम विमोचन
काठमाडौं, जेठ २५ः प्रधानमन्त्री केपी शर्मा ओली लगायत गीतकार रहेको गीति एल्बम ‘समृद्ध नेपाल, सुखी नेपाली’को विमोचन गरिएको छ ।
मध्यपुरथिमि नगरपालिकाको कमेरोटारमा हिजो दुई जना सडक मानव सानुकान्छा तामाङ र मुगा कार्कीले गीति एल्बमको विमोचन गर्नुभयो ।
राष्ट्रिय युवा सङ्घ नेपालका सहसंयोजक रमेशकुमार पौडेलेको संयोजनमा तयार भएको एल्बममा प्रधानमन्त्री ओलीसहित पाँच रचनाकारको गीत समावेश गरिएको छ ।
एल्बममा प्रधानमन्त्री ओलीले रचना गर्नुभएको गीत ‘स्वदेशमै रोजगारी स्वदेशमै बास रोजिँदैन प्रवासलाई’ गायक शान्तिराम राई र मेलिना राईले आवाज दिनुभएको छ । कार्यक्रममा कमेरोटार क्षेत्रमा ७० जनाभन्दा बढी सडक मानवलाई खाना समेत खुवाइएको थियो ।
