काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले राष्ट्रियसभाको आइतबारको बैठकमा विशेष समयमा बोल्दै पछिल्लो समय सामाजिक सञ्जालबाट राष्ट्रपति माथि निरन्तर आक्रमण भइराखेको बताए । यसबाट राष्ट्रिय स्वाधिनता र सार्वभौमिकता माथि सरकारले गरेको कामलाई कमजोर बनाउने गरी गतिविधि भइराखेको स्पस्ट हुने बताए ।
उनले भने, ‘राष्ट्रपति माथिको आक्रमण यो कुनै एउटा व्यक्तिमाथिको रुपमा मात्रै भएको भए कमि छ भने सच्याउँ भन्न पनि सकिन्थ्यो होला । तर अहिले हेर्दाखेरी कस्तो देखिन्छ भने सामाजिक सञ्जालहरु हेर्छु मैले सडकमा पनि अलिकिति गतिविधिहरु हामी सबैले हेरीनै राखेका छौं । यो सब हेर्दाखेरी कस्तो देखिँदै छ भने यो गणतन्त्र माथिको प्रहारको रुपमा र यतिवेला राष्ट्रिय स्वाधिनताको प्रश्नमा राष्ट्रिय सार्वभौंमिकताको प्रश्नमा हामी जसरी अगाडि बढ्दैछौं, देश जसरी अगाडि बढ्दै छ यसलाई अलमल पार्ने हिसाबले यसलाई कमजोर बनाउने हिसाबले दाउपेच पो हुन थालेको हो कि भन्ने आशंका मैले देखेको छु । ’