थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या ३७ सय ६२ पुग्यो

Health-Education

 २०७७ जेष्ठ २६ : काठमाडौँ – नेपालमा आतबार थप ३  सय १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप ३१४  जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताउनु भयो ।

डाक्टर गौतमका अनुसार अहिले देशभरका आइसोलेसनमा ३  हजार २  सय  ६०  जना संक्रमित रहेका छन् । पछिल्लो २४ धण्टामा २१  जना डिस्चार्ज भएका छन् । योसँगै आजसम्म ४  सय ८८ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १४ जना रहेको छ  ।