आजदेखि संविधान संशोधन विधेयकमाथि छलफल सुरु हुँदै

Politics

काठमाडौँ  – संसद बैठकमा आजदेखि संविधान संशोधन विधेयकमाथि छलफल सुरु हुँदैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेपछि बस्दै छ । सो बैठकमा संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश हुने छ ।

संसद सचिवालयको आजको सम्भावित कार्यसूचिमा कानून मन्त्री शिवमाया तुम्बाहाम्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ लाई सैद्धान्तिक छलफलका लागि पेश गर्ने रहेको छ ।

आज संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएमा सांसदहरुलाई संशोधन दर्ता गराउन ७२ घण्टाको समय दिइनेछ । त्यसपछि आएका संशोधनमाथि संसदमा छलफल हुनेछ ।