काठमाडौं – अमेरिकाको एक औषधि उत्पादक कम्पनीले कोरोना भाइरसविरुद्धको खोपको अन्तिम चरणको परीक्षण गर्ने तयारी सुरु गरेको छ ।
अमेरिकी औषधि उत्पादक कम्पनी मोदेर्नाले कोरोनाविरुद्धको खोपको बृहत् अर्थात् अन्तिम परीक्षण आउँदो जुलाईमा सुरु गर्ने जानकारी दिएको हो ।
उक्त कम्पनीले बनएको खोपको दुई चरणको परीक्षणको नतिजा राम्रो आइसकेको छ। खोप सुरक्षित र प्रभावकारी देखिएकाे कम्पनीले जनाएकाे छ ।
अब जुलाईमा खोप तेस्रो चरणको परीक्षण गर्ने र त्यसमा ३० हजार मानिस सहभागी हुने मोर्दनाले जनाएको छ ।
उसका अनुसार अन्तिम चरणको परीक्षणका लागि १०० ग्राम डोज बनाइएको छ । खाेपले मानिसको रोग प्रतिरोधात्मक क्षमता बढाउने माेदर्नाले जनाएकाे छ ।
प्रतिवर्ष ५० करोड थान खोप आपूर्ति गर्ने र सकेसम्म सन् २०२१ को सुरुवातसम्म प्रतिवर्ष १ अर्ब डोज उत्पादन गर्न सक्ने गरी काम भइरहेको माेदर्ना कम्पनीले जनाएको छ ।