काठमाडौं । भारतमा शुक्रवार कोरोना संक्रमितको संख्या ३ लाख नाघेको छ । यससँगै कोरोना संक्रमणको हिसावले चौँथो नम्बरमा परेको छ ।
अमेरिकामा कुल तीन लाख संक्रमित संख्या पुग्न ८२ दिन लागेको थियो । भारतमा १ सय ३५ दिनमा तीन लाख संक्रमित पुगे ।
अहिलेको आँकडाअनुसार भारतमा हरेक ५ दिनमा ५० हजार संक्रमित फेला परिसकेका छन् ।
भारतमा संक्रमितसँगै कोरोबाट निको हुनेको संख्या पनि बढेको छ । यहाँ निको हुनेको दर ४९ दशमलव ३४ प्रतिशत छ ।