काठमाडौं । गत जेठ २० गते अस्पताल भर्ना भएका कास्कीका ६० वर्षीय कोरोना संक्रमितलाई आज डिस्चार्ज गरिएको हो ।
नेपालमा निजी अस्पतालमा कोरोना संक्रमितको उपचार भएको यो पहिलो पटक हो । बिरामी र आफन्तले ह्याम्समै उपचार गर्ने भनेपछि ह्याम्स अस्पताल ले उपचार गरेको थियो ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र नेपाल सरकारको मापदण्डमा रहेर कोरोना भाइरस संक्रमितको उपचार गरीएको अस्पतालले जनाएको छ ।