समाजवादी पार्टीको संसदीय दलको बैठक बस्दै

Politics

काठमाडौँ  –  समाजवादी पार्टी संसदीय दलको बैठक आज बस्दै छ । नेपालको नयाँ नक्सा निशानछापमा अध्यावधिक गर्न संविधान संशोधन गर्ने पक्षमा मतदान गर्ने निर्णय गरेको समाजवादी पार्टीले आफ्नै सांसद सरिता गिरीले संसोधन हालेपछि त्यसबारे आवश्यक निर्णय गर्नेछ ।

सांसद गिरीले संविधान संशोधन गर्न नहुने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएलगत्तै फिर्ता लिन निर्देशन दिदा पनि उक्त प्रस्ताव फिर्ता नलिएपछि उनलाई आवश्यक कारबाही गर्ने तयारी भएको हो ।

समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाका अनुसार गिरीलाई अझै पनि संसोधन फिर्ताका लागि आग्रह गरिने र उक्त प्रस्ताव फिर्ता नलिए पार्टीको हितबिपरित गएको ठहर गर्दै कारबाही हुनेछ ।