आइसोलेसनमा बसेकाहरुले १ महिनासम्म पुनः स्वास्थ्य चेक जाँच नगरिएको, पीसीआर पोजेटिभ र आरडिटी पोजेटिभलाई एकै ठाउँमा राखिएको, आइसोलेसनमा बस्दा खानपिनको राम्रो व्यावस्थापन नभएको भन्दै आन्दोलन गरेका थिए ।
आइसोलेसनमा बसेका संक्रमित घर जान खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको थियो । स्थिति नियन्त्रणमा लिन खोज्दा झडप भएको दैलेख प्रहरी प्रमुख हरिबहादुर वलीले बताए ।
प्रहरीको कुटाइबाट एक जनालाई सक्त घाइते भएका छन् भने तिन सामान्य घाइते भएको उनले बताए । उनीहरुलाई उपचारका लागि स्वास्थ्य सेवा कार्यालय लगिएको छ ।