बलिउड अभिनेता सुशांत सिंह राजपूतले गरे आत्महत्या

Entertainment

नयाँ दिल्ली: ३४ वर्षका बलिउड अभिनेता सुशांत सिंह राजपूत उनको मुम्बईको घरमा झुण्डिएको अवस्थामा भेटिएका छन् । लोकप्रिय अभिनेता सुशांत  फिल्म “छिचोरे ” मा देखा परेका थिए र उनको अन्तिम उपस्थिति नेटफ्लिक्सको फिल्म “ड्राइभ” मा भयो। केही दिन अघि उनका पूर्व प्रबन्धक दिशा सालिआनको मृत्युपछि उनले एउटा भावपूर्ण पोस्ट गरेका थिए। इन्स्टाग्राममा उसको अन्तिम पोस्ट उनकी आमालाई समर्पित थियो। आफ्नो हिट टेलिभिजन श्रृंखला “पवित्र रिश्ता” बाट घरायशी नाम बनेका राजपूतको फिल्म क्यारियर चेतन भगतको बेस्ट सेलिंग पुस्तक “द थ्री मिस्टेक्स अफ माय लाइफ” मा आधारित “का��� पो चे!” बाट शुरू भएको थियो। २०१५ मा उनले जासूस “ब्योमकेश बक्शी”को भूमिका पनि निभाएका थिए । सो चलचित्रले सुशांत सिंह राजपूतलाई बिग लीगमा स्थापित गराए र उनले धेरै ठूला फिल्महरू पनि हात पारेका थिए । उनले भारतीय पूर्व कप्तानको बायोपिक “एम एस धोनी “पनि खेले, जसका लागि उनलाई फिल्म पुरस्कारका लागि मनोनयन गरिएको थियो।राजपूतको जन्म पटनामा भएको थियो। उनकी बहिनीहरु मध्ये मीटू सिंह, राज्य स्तरका क्रिकेटर हुन्।उनले ईन्जिनियरिंगको अध्ययन गरे र भौतिक विज्ञानमा राष्ट्रिय ओलम्पियाड विजेता थिए।