नेकपा सचिवालय बैठक स्थगित

Politics

प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे एमसीसी बारे निर्णय गर्न बोलाइएको सत्तारुढ नेकपाको केन्द्रीय सचिवाय समितिको बैठक अकस्मात स्थगित भएको छ । अपरान्ह ४ बजे डाकिएको बैठक तोकिएको समयभन्दा एक घण्टाअघि स्थगित भएको हो । नेकपा अध्यक्ष एवम् केपी शर्मा आलीका प्रेस सल्लाहकार सूर्य थापाले आकस्मिक काम परेकाले बैठक स्थगित भएको बताउनु भएको छ ।आजको बैठकमा एमसीसी अध्ययन कार्यदलका सदस्य भीम रावल, प्रदीप ज्ञवाली र अर्थमन्त्री डा युवराज खतिवडालाई पनि आमन्त्रण गरिएको थियो ।