थप १ जना कोरोना संक्रमितको मृत्यु , मृतकको संख्या १९

Health-Education

काठमाडौँ – गुल्मीका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका वडा नम्बर ४ का ३६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनको जेठ १२ गते प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण भएको पाइएको थियो । उनी भारतबाट आएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

उनको रेसुंगा नगरपालिकास्थित आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।  यो सहित नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ ।