पहिचान नखुल्दै कोरोना संक्रमितको अन्त्येष्टि

News

काठमाडौँ  –  शुक्रबार कोरोना संक्रमण पुष्टि भएका अन्दाजी २५ वर्षीय मृत व्यक्तिको पहिचान नखुल्दै अन्त्येष्टि गरिएको छ । जेठ २८ गते वीरगञ्जको घण्टाघर अगाडिको वीपी उद्यान पार्कमा मृत भेटिएका बेवारिसे शवको अन्त्येष्टि नेपाली सेनाले शनिबार गरेको हो ।

सेनाको टोलीले इनर्वामा लगेर अन्तिम संस्कार गरेको थियो । वीरगञ्जस्थित चण्डीनाथ गणका गणपति मदनजंग राणाका अनुसार महानगरपालिकाले दिएको स्थानमा प्रोटोकल अनुसार शवको अन्त्येष्टि गरिएको हो ।