काठमाडौँ – युवाहरुको समूहले राजतन्त्र पुर्नस्थापना माग गर्दै मंगलबार काठमाडौँमा प्रदर्शन गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी संगठन र युवा संगठनका नेताहरुसहितको सहभागितामा राजावादीहरुले प्रदर्शन गरेका हुन् ।
राप्रपाको युवा संगठनका नेता विशेषा तामाङको नेतृत्वमा युवाहरुले बौद्धमा राजतन्त्र चाहियो भन्दै प्रदर्शन गरेका हुन् । राजसंस्था पुनःस्थापनाको माग राखी देशभक्त, राष्ट्रवादी युवाहरुले प्रदर्शन गरेका हुन् । करिब डेढ सय युवाहरुले स्वतस्फुर्त प्रदर्शन गरेका हुन् ।