काठमाडौँ – नेपालमा मंगलबार सोमबार थप ४ सय ५१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप ३८० जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताउनु भयो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार झापामा भएको परीक्षणमा २ जना, धरानमा भएको परीक्षणमा ४ जना, जनकपुरमा भएको परीक्षणमा ५५ जना, विरगञ्जमा भएको परीक्षणमा २ जना, पोखरामा भएको परीक्षणमा २१ जना र कैलालीमा भएको परीक्षणमा ७६ जनामा पोजेटिभ देखिएको छ ।
यस्तै बाँकेमा भएको परीक्षणमा १० जना, राजविराजमा भएको परीक्षणमा ३ जना, भरतपुर अस्पतालमा भएको परीक्षणमा १, रुपन्देहीमा भएको परीक्षणमा ४ जना, सुर्खेतमा ९ जना, धुलिखेल अस्पतालमा भएको परीक्षणमा २२ जना, दाङमा भएको परीक्षणमा ५७ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा १ सय १४ जनामा पोजेटिभ देखिएको छ ।
डाक्टर गौतमका अनुसार अहिले देशभरका आइसोलेसनमा ५ हजार ५ सय ३१ जना संक्रमित रहेका छन् । पछिल्लो २४ धण्टामा ११७ जना डिस्चार्ज भएका छन् । योसँगै आजसम्म १ हजार १ सय ५८ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १९ जना रहेको छ । आजसम्म पीसीआर विधिबाट १ लाख ४३ हजार ७ सय ३८ जनाको कोरोना परीक्षण भएको छ ।