आईओएमको डिनका लागि तीन जनाको नाम सिफारिस

Health-Education

काठमाडौँ  – त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को रिक्त डीन पदका लागि तीन जनाको नाम सिफारिस भएको छ । समितिले डिनका लागि प्रा. डा. प्रदीप वैध, प्रा.डा. दिव्या सिंह शाह र प्रा.डा. उत्तमकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको हो ।

गत २१ जेठमा आईओएमका पद रिक्त छ । अब त्रिवि कार्यकारी परिषदको बैठकले सिफारिस भएका नाममध्येबाट एक जनालाई डिनमा नियुक्त गर्नेछ ।