क्वारेन्टिनमा पसेर हो–हल्ला गर्ने तीनजना पक्राउ

Interesting

काठमाडौँ  – पर्सामा मदिरा सेवन गरी क्वारेन्टिनमा पसेर अभद्र व्यवहार गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ५ बस्ने २८ वर्षका श्रीराम चमार, सोही ठाउँका ३२ वर्षका श्रीराम चमार र २६ वर्षका रामबालक हजरा दुसाद रहेका छन् ।

उनीहरु तीनैजना मंगलबार राति साढे ११ बजेको समयमा गाउँपालिकाको वडा नम्बर ५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय निचुटामा रहेको क्वारेन्टिनमा मदिरा सेवन गरी छिरेका थिए । क्वारेन्टिनमा छिरेर होहल्ला गरी गाली गलौज गर्न थालेपछि तीनैजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।