‘टीभीएसको सुरक्षित यात्राको सुरक्षित सहयात्री’ बिक्री योजना
काठमाडौं । टीभीएसले नयाँ बिक्री योजना सुरु गरेको छ । लकडाउको अवधिमा सार्वजनिक सवारी नचल्ने भन्दै टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘सुरक्षित यात्राको सुरक्षित सहयात्री’ नामक बिक्री योजना आरम्भ गरेको हो ।
योजनाअन्तर्गत टीभीएस मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले चारमध्ये एक प्रकारको सुविधा लिन सक्नेछन् । चार सुविधा ‘शून्य प्रतिशत ब्याजदर’, ‘शून्य प्रतिशत डाउनपेमेन्ट’ वा ‘स्कुटरमा १० हजार र मोटरसाइकलमा १२ हजार रुपैयाँ नगद छुट’ वा ‘अहिले किन्नुहोस् र पछि सरल मासिक भुक्तानी’ रहेका छन् ।
ग्राहकले अनलाइनमार्फत् पनि टीभीएस मोटरसाइकल तथा स्कुटर खरिदको लागि अर्डर गर्न सक्ने व्यवस्था मिलाइएको छ । यसरी अनलाइन अर्डर गर्ने ग्राहकलाई कम्पनीले घरमै मोटरसाइकल वा स्कुटर उपलब्ध गराउने होम डेलिभरीको सुविधासमेत प्रदान गर्नेछ ।