ओमानबाट थप १४५ जना नेपाली फर्किए

International

काठमाडौँ  – ओमानबाट दोस्रो चार्टर उडानमार्फत् १४५ जना नेपालीहरू फर्किएका छन् । जसमा १० पुरूष तथा ३७ महिला छन् ।नेपाली राजदूतावास ओमानको संयोजनमा कोभिड-१९ को महामारीबाट उत्पन्न असहज परिस्थितिका कारण स्वदेश फर्किनै पर्ने नेपाली नागरिकहरुलाई फर्काइएको हो ।

उनीहरु सलाम एअरको विमानमार्फत काठमाडौं आएका हुन् । फर्किएकाहरुले कोभिड-१९ को पीसीआर स्वाब परीक्षण गरिएको थियो ।