काठमाडौं उपत्यका सहित वाग्मती प्रदेशमा भूकम्पको धक्का

News

काठमाडौँ  –  बिहिबार साँझ भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहिबार साँझ ७ बजेर १ मिनेटमा काभ्रेको पाँचखाललाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

भूकम्प ३ दशमलव ८ म्याग्निच्युडको गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प गए लगत्तै मानिसहरु घरबाट बाहिर निस्किएको र भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत वाग्मती प्रदेशमा महसुस गरिएको थियो ।