नेपालमा थप १७६ जनाले जिते कोरोना

Health-Education

काठमाडौँ – बितेको २४ घण्टामा १७६ जना संक्रमितले कोरोनाभाइरस जितेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै कोरोनालाई जितेर घर फर्कनेको संख्या १५७८ जना  भएका छन् ।  मन्त्रालयको अध्यावधिक विवरणअनुसार सिरहा अस्पतालबाट २६ जना र  आइसोलेशन सेन्टर जानकी बाँकेबाट ४१ जनाले कोरोना जितेको छन् ।

यसैगरी सुशील कोइराला  क्यान्सर प्रखर अस्पताल बाँकेबाट १३ जना, कोसी अस्पतालबाट १० जनाले कोरोना जितेका छन् ।   सुर्खेतबाट २४ जना, कोरोना विशेष अस्पताल दाङबाट, ५ जना, मनहरी आइसोलेशनबाट ६ जना, डडेलधुरा अस्पतालबाट २ जना, अछाम अस्पतालबाट ५ , दार्चुला अस्पतालबाट २, डोटी अस्पतालबाट ९ जना, धनगढीबाट ८ जना टीकापुर अस्पतालबाट ४ जना, नेपालगन्ज मेडिकल कलेजबाट १ जना, महाकाली अस्पतालबाट ८ जना र भरपुर अस्पताल चितवनबाट ६ जनाले कोरोना जितेर घर फर्किएका छन् ।  डिस्चार्ज हुनेमा १८ महिला र १५८ जना पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।