मुस्ताङमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ । अहिलेसम्म कोरोनाको संक्रमण नभएको मुस्ताङमा शनिबार १ व्यक्तिलाई कोरोना पोजिटिभ देखिएको हो ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखराले जानकारी दिएको छ ।
यसअघि गण्डकी प्रदेशका ११ मध्ये मुस्ताङ बाहेकका १० जिल्लामा संक्रमण देखिएको थियो । योसँगै गण्डकीका ११ वटै जिल्ला कोरोनाबाट प्रभावित भएका छन् ।
गण्डकी प्रदेशमा अहिलेसम्म ४ सय ३९ जनामा कोरोना पोजिटिभ देखिएको छ । संक्रमितमध्ये ३९ जना निको भएर घर फर्किएका छन् ।