प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना मन्त्रीहरु मन्त्रीहरु विवादित हुने क्रम बढेपछि मन्त्रीपरिषद पुनर्गठन गर्ने भएका छन्। पछिल्लो समय सरकारलाई सत्तारुढ दल नेकपाकै असहयोग बढ्दै जाँदा मन्त्रीहरु भष्ट्राचारमा मुछिले र आफ्नो जिम्मेवारी भन्दा पनि गुटको स्वार्थमा चलेपछि ओलीले केहि मन्त्रीलाई हटाएर मन्त्रीमण्डल मन्त्रिमण्डल पुनर्गठन लागेको उच्च श्रोतले बतायो। गृहमन्त्री राम बहादुर थापा बादललाई हटाउन पुर्व माओवादिकै नेताहरुले प्रधानमन्त्री ओलीलाई दवाब दिएको श्रोतको दावी छ। बादललाई हटाउने बुढी गण्डकी गेजुवालाई दिने पर्ने लगायत अन्य केहि महत्त्वपूर्ण बिषयको आफ्नो माग सम्बोधन नभएपछी ओली बिरुद्द प्रचण्ड सक्रिय भएको श्रोतको दावी छ।श्रोत भन्छ, ‘मन्त्रीमण्डलको हेरफेरको बिषयमा चै, बादललाई गृहमन्त्रीबाट हटाएर आफ्नो बिस्वास्पात्रलाई गृहमन्त्री बनाउने कसरतमा छन्। लामो समय देखि अध्यक्ष प्रचण्ड ‘बादल’ सँग रुष्ट छन्।’कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको नेतृत्वमा गठित उच्च स्तरीय समन्वय समिति समेत खारेज गरिसकेको छ। प्रधानमन्त्री ओली बिरुद्द छलफल र भेटघाटमा सक्रिय बनेका प्रचण्डलाई मनाउन पनि आगामी असार दश गते भित्र ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न सक्ने सम्भावना रहेको छ।मन्त्रीमण्डल हेरफेरमा भ्रष्टाचार काण्डमा नाम मुछिएका मन्त्रीसँगै अन्य केहि मन्त्रीलाई समेत प्रधानमन्त्री ओली हटाउने सम्भावना रहेको छ। कोरोना नियन्त्रण लागि आपूर्ति गरिएको स्वास्थ्य सामाग्रीमा भएको भष्ट्राचार लगायतका बिषयमा पछिल्लो समयमा सरकारको तीव्र आलोचना बढ्दै गएपछि प्रधानमन्त्री ओलीको तीव्र आलोचना हुँदै आएको छ।प्रधानमन्त्री ओलीले कुन-कुन मन्त्रालयबाट कस-कसलाई हटाउने तयारी गरेका हुन् भन्ने बिषयमा औपचारिक पुष्टि भने भएको छैन। बिक्रम संवत २०७४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा वामपन्थी गठनबन्धले बहुमत प्राप्त गरेपछि प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल बनेको नेकपा एमाले संसदीय दलका नेता ओलीको नेतृत्वमा फागुन ३ गते नयाँ सरकार गठन भएको थियो।