भारतीय ग्रान्ड डिजाइनमा ओली सरकार विरोधी माहौल बनाइदै

Politics

राष्ट्रियताको पक्षमा डान लिँदै भारत विरुद्ध उभिभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले बिस्तारै झापड हान्न सुरु गरेको छ । भारतीय ग्रान्ड डिजाइनमा नेपालभित्र ओली विरोधी माहौल बनाइदै छ।
कालापानी ,लिपुलेक दावी गर्दै नया नक्शा जारि गरि संविधान समेत संशोधन गरेको बदला लिन भारतले ओली विरोधी अभियान थालेको फेरिएको राजनीतिक माहौलले बुझिन्छ र यसैका कारण नेपालमा सामाजिक असन्तोष भड्काउन थालिएको छ ।

नक्सा जारी गरिएपछि भारतीय मिडिया नेपाल विरुद्ध खनिएका छन् , नेपाल सरकारको सानो सानो कुरालाई पनि अतिरन्जित तरिकाले भारातिए मिडियामा खबर पस्किने सिलसिला जारि छ ।

भारतद्धारा प्रवद्र्धित तथा समर्थित केही नेपाली मिडियाले पनि सरकार विरुद्ध नदेखिने तरिकाले अभियान चलाइरहेका छन् । हुँदै नभएको कुरालाई उछाल्ने, ओलीका कुरालाई मजाक बनाउने, तिललाई पहाड बनाउने र निराशा फैलाउने काम त्यस्ता मिडियाले गरिरहेका छन् । त्यसैगरी यसका लागि केही नेता पनि परिचालित गरिएका छन् ।

सरकार विरुद्ध मात्र नभएर नेपाल राष्ट्र विरुद्ध नै लाग्ने काम सरिता गिरीले गरिरहनुभएको छ ।

‘सरिता गिरी देखिने पात्र हो, प्रत्यक्ष नदेखिने तर राज्य तथा सरकार विरुद्ध घृणा फैलाएर भारत विरुद्ध लडिरहेका केपी शर्मा ओली सरकारलाई पाठ पढाउने काममा अन्य धेरै नेता लागिरहेका छन्। नेपाली समाजको धेरै वटा वर्ग तथा क्षेत्रमा भारत तथा पश्चिमाहरुको नियन्त्रण रहँदै आएको छ, नेपाली समाजमा नियन्त्रण जमाउन, नेपाली समाजलाई आफूले भने अनुसार परिचालन गर्न पश्चिमा शक्तिहरुले विगत ३० वर्षदेखि निरन्तर लागिपरेका छन् ।

केपी ओलीले नयाँ नक्सा जारी गर्ने कुरा भारतलाई पत्यार लागेको थिएन । विगतका अरु प्रधानमन्त्रीहरु जस्तै ओली पनि डराउने र वार्ताका लागि प्रयास गरिरहने अपेक्षा भारत सरकारको को थियो । नेपालमा दादागिरी चलाउँदै आएको भारतलाई यो कुरा मान्य थिएन । त्यसपछि भारतले नयाँ नक्सालाई संविधानमा नराख्न दवाब दियो । त्यस विपरित ओली सरकारले नयाँ नक्सालाई संविधानमा अंकित गर्न संविधान संशोधन विधेयक अगाडि बढायो । भारतका लागि यो असहनीय थियो । असहनीय तब भयो जब संसद्मा रहेका सबै पार्टीहरु, बाबुराम भट्टराई जस्ता नेताहरु पनि संविधान संशोधन गरेर नयाँ मानचित्रलाई संविधानमा अंकित गर्ने पक्षमा उभिन बाध्य हुनुपर्‍यो ।

काउन्टरमा भारतले सामाजिक तथा मिडिया परिचालनको सहारा लियो । यसका लागि भारत समर्थित मिडियाबाट असन्तोष फैलाइयो, सरकार पूरै भ्रष्टाचारी छ भन्ने भ्रम फैलाइयो, युवा पुस्तालाई भ्रमको सिकार बनाइयो र सडकमा उतार्न खोजियो ।

जानकार स्रोतहरुका अनुसार सरकार विरुद्ध जनता उठाउने कार्ययोजना भारतीयहरुले बनाएका हुन् । उनीहरुले अराजकता फैलाउन सरिता गिरीको घरमा आक्रमण गर्न मानिस पठाए भने सडकमा पनि उनैलाई उतारे । सरिता गिरीको घरमा आक्रमण गर्न जाने जत्थाका बारेमा छानविन गर्ने हो भने उनीहरुको सम्बन्ध भारतीय दूतावास तथा बाबुराम भट्टराईसँग देखिने जानकारहरु बताउँछन् ।

सरिता गिरीको घरमा आक्रमण गर्न जाने हेमराज थापा लगायतका व्यक्तिहरु बाबुराम भट्टराईको कार्यकर्ता रहेको बताइन्छ, उनै व्यक्तिहरु इनफ इज इनफ भन्दै सरकार विरोधी अभियानमा पनि लागेका छन् ।प्रतिनिधि सभाले संविधानमा नेपालको नयाँ मानचित्र अंकित गर्ने विधेयक अगाडि बढाउँदा नेपाली युवा भारत विरोधी प्रदर्शनमा नउत्रिउन् बरु उल्टै सरकार बिरुद्ध उत्रिउन भन्ने रणनीति भारतले बनाएको प्रष्ट छ ।

प्रतिनिधि सभाले संविधान संशोधन विधेयक पारित गरिसकेको छ साथै राष्ट्रिय सभाबाट पनि पारित भै महामहिम रास्त्रपतिज्युले अनुमोदन गरिसक्नुभएको छ । नेपालको नया नक्शा समेतिएर सरकारको आधिकारिक लोगो पनि प्रयोगमा आइसकेको छ र केहि बिदेशी कुटनीतिक नियोगले पनि नेपालको नया नक्शा प्रयोग गरिसकेका छन्।

सो विधेयक पारित गर्दा नेपाली राष्ट्रिय एकताको पक्षमा, नेपालको राष्ट्रिय हितको पक्षमा र कालापानी लिपुलेक नेपालको हो भन्ने पक्षमा नेपाली युवा पुस्ता उभिन्छ भन्ने विष्लेशण साथ उनीहरुको ध्यान अन्तै मोड्ने प्रयाश भारतले गरेको थियो । यसका लागि नेपालमा उनीहरुले विभिन्न गुप्त शक्ति परिचालित गर्दै सामाजिक असन्तोष भड्काउने काम गरेका थिए ।

‘नेपालले एक ढिक्का भएर भारत विरुद्ध लड्न सक्दैन, नेपाल विभाजित छ भनेर देखाउने भारतको प्रयास विफल भइसकेको छ’– तर अब बिस्तारै फेरि भारतले नेपालबाट जाने समान रोक्ने , नागरिकता विधेयकमा केहि राजनैतिक दललाई सरकारको बिरुद्धमा उतार्ने, सरकारप्रति नकारात्मक भवन जगाउने अनवरत प्रयासहरु गरि नै रहेको छ। मोदीको फेलड डिप्लोमेसि र भारतीय ब्युरियोक्रेसीको नेपाल र नेपालीलाई विभाजित गर्नअसफल भैसकेको प्रयासलाई अब फेरि सफल बनाउनको लागि भारतले विभिन्न तिगदम मच्चाउन थालेको छ। सीमा बार्तालाई कोरोनाको बहाना बनाएर भारतले सकेसम्म धकेलिरहेको छ र “रोटि-बेटी ” र “बडा भाई” र असल छिमेकि भन्दै पछाडिबाट प्रहर गर्ने नानी देखिको बानी पनि भारतले छोडेको छैन।