‘राष्ट्रियतामा प्रतिशोधको भावना नराखौ’ : पूर्वराजा ज्ञानेन्द्र

Politics

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रियताका विषयमा परस्पर आरोप प्रत्यारोप गरेर वा निषेध र प्रतिशोधको भावना राखेर कसैको हित नहुने बताउनुभएको छ ।

आज विज्ञप्ति जारी गरी शाहले नेपालको एकीकरण, नेपालको स्वाधीनताको संरक्षण कसले गर्यो भन्ने नागरिकलाई हेक्का रहेको भन्दै त्यस्तो गौरवमय इतिहासलाई स्वीकार गर्न सक्नुपर्ने बताउनुभएको छ ।

उहाँले अहिले देशमा देखिएको जातीयता, वर्गीयता र क्षेत्रीयताका संकीर्ण विचारले राष्ट्रिय अस्मितालाई राम्रो नगर्ने तर्क गर्नुभयो । शाहले संक्रामक रोगका कारण नेपालीले भोग्नुपरेको गाँस, बासलगायत समस्या समाधान गर्न सरकारलाई आग्रह गर्दै यो अवधिमा सामाजिक विकृति र आर्थिक बेतिथि बढेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । पूर्वराजा शाहले विदेशबाट फर्किएका सबैको श्रम, सिपको सदुपयोग गर्न पनि सरकारलाई सुझाव दिनुभयो ।