बिहिबार रियल म्याड्रिड र मालोर्का भिड्दै

Sports

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत बुधबार रियल म्याड्रिडले घरेलु मैदान अल्फ्रेडो डी स्टेफानो रंगशालामा मालोर्काको सामना गर्दैछ । खेल नेपाली समयअनुसार बिहिबार बिहान १ः४५ बजे सुरु हुनेछ । रियललाई लिगको शीर्षस्थानमा फर्कनका लागि मालोर्काविरुद्ध जितको विकल्प छैन ।

रेलिगेसन क्षेत्रमा रहेको मालोर्का कोरोना संक्रमणपछि खराब लयमा रहेको छ । यता रियलले भने लगातार जित दर्ता गर्दै लिग उपाधि होडमा पकड बनाएको छ । रियलले लिगका बाँकी सबै खेल जितेमा उपाधि कब्जा गर्नेछ ।

कोरोनाअघि रियलले दुई हार बेहोरेर खराब लयमा थियो । तर कोरोनापछिको लय र बार्सिलोनाले सेभिल्लाविरुद्ध बराबरी खेलेपछि रियल म्याड्रिड हेड टु हेडको आधारमा अंक तालिकाको शीर्षस्थानमा उक्लियो ।  रियलले कोरोनापछि खेलेका ३ खेलमा ८ गोल गरेको छ । यता मालोर्का भने रेलिगेसनबाट जोगिन रियलको मैदानबाट कम्तिमा एक अंक जोड्न चाहन्छ ।