कोरोना भाइरसका कारण पोखरामा अर्को एक व्यक्तिको मृत्यु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले दिएको जानकारी अनुसार मृतक स्याङ्जा सिरुवारीका ५५ वर्षीय पुरुष हुन ।
उनको असार ८ गते देखि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत थियो । निर्देशक अर्जुन आचार्यका अनुसार भेन्टिलेटरमा राखेर उपचार गराइराखेका ती व्यक्तिको राति ११ बजेर ३५ मिनेटमा मृत्यु भएको हो ।
उनको मृत्यु कोरोना भाइरस, निमोनिया र मधुमेहका कारण निधन भएको अस्पतालले उल्लेख गरेको छ ।
कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सख्या प्रदेशमा २ पुगेको छ । स्याङ्जा वालिङका ५८ वर्षीय पुरुषको यसअघि पोखरामा निधन भैसकेको छ ।