बेलायतमा कोरोना भाइरसविरुद्ध बनाइएकाे अर्काे नयाँ खोप मानिसमा परीक्षण गर्ने तयारी भइरहेको छ ।
लन्डनको इम्पिरियल कलेजमा ३०० जनालाई यो परीक्षण खोप लगाउने तयारी भइरहेको हो ।
खोप परीक्षणको नेतृत्व उक्त कलेजका प्राध्यायपक रोबिन साट्टोकले गरिरहेका छन् ।
यो खोप यसअघि जनावरमा गर्दा सफल भएको र यसले भाइरसविरुद्ध लड्ने रोग प्रतिरोधात्मक क्षमता सुधार गर्न मद्दत पुर्याएको पाइएकाे वैज्ञानिकले बताएका छन् ।
बेलायतकै अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकले बनाएका खोपको मानवमा परीक्षण भने यसअघि नै सुरु भइसकेको छ। अहिले त्यसको तेस्रो चरणको परीक्षण गर्ने तयारी हुँदै छ ।
सबै गरेर अहिले विश्वका १ सय २० वटा खोप विकास भइरहेका छन् भने तीमध्ये १३ खोप क्लिनिकल परीक्षणको चरणमा पुगेका छन् । यी १३ मा चीनमा ५, अमेरिकामा ३ र बेलायतमा २ तथा रुस र जर्मनीमा १-१ खोपमा काम भइरहेको छ ।