पहिरोको जोखिममा युब्रागाउँ

News

नौकुण्ड गाउँपालिकाको वडा नं. २ युब्रामा रहेको १४० घरपरिवार पहिरोको जोखिममा रहेको छ । वर्षात् लागेपछि पहिरो कतिबेला गाउँ बगाउँछ भन्ने त्रासमा रातभर जाग्राम बाँच्नु परेको स्थानीयले गुनासो गरेका छन् ।
युब्रा गाउँका हर्कबहादुर तामाङले भन्नुभयो “गाउँ वरिपरि पहिरोले घेरेको छ रातभर पानी पर्न थालेकाले आजभोलि निद्रा लाग्दैन” गत वर्ष पनि त्रासमा नै वर्ष बित्यो, यस वर्ष पनि वर्षात् लागेपछि रातभर डर त्रासमा बस्नुपर्छ हाम्रो समस्याको समाधान कसैले गर्ने प्रयास गरेनन् ।
भूमेदेवी आधारभूत विद्यालयसमेत जोखिममा रहेको स्थानीय गणेशमान लामाले बताउनुभयो । २०७२ को भूकम्पको समयमा पहिरो जान सुरु भएको हो । गाउँमा सडक खन्ने त खनियो तर नाली बन्न नसक्दा वर्षात्को भेल एकत्रित भएर गाउँ बगाउने
त्रासमा बाँच्नु परेको लामाले बताउनुभयो ।
जिल्लाको नौकुण्ड गाउँपालिका–२ युब्रामा गत वर्ष गाउँभन्दा मुनिबाट पहिरो गएको थियो । पहिरो गएर बस्ती जोखिममा परे पनि उनीहरू गाउँ छाड्न तयार भएनन् । गत वर्षको वर्षा युब्रावासीले त्रासमै बिताए तर यो वर्ष गाउँमाथिबाट नै पहिरो खसेपछि युब्राका १४० घरपरिवार सुरक्षित स्थानको खोजीमा लागेका छन् ।
गाउँभन्दा मुनिबाट पोहोर पहिरो आएपछि गाउँ छाड्नुको विकल्प नभएको भन्दै युब्राका गणेश लामाले गाउँमा निर्माण भएको नयाँ सडकमा समयमा नै नाला निर्माण गर्न नसक्दा समस्या आएको बताउनुभयो ।
नौकुण्ड गाउँपालिका उपाध्यक्ष सिर्जना लामाले भन्नुभया, युब्रा गाउँमा भूकम्पको समयदेखि गाउँ तलबाट खोलाले कटान गर्ने गरेको र गत वर्ष ठूलो पहिरो गाउँको बीचबाट गएकाले बस्ती संरक्षणका लागि योजना बनाउनुपर्नेछ