नवलपरासीमा भौतिक संरचना निर्माणका काम सुरू

News

विकास निर्माणले गति लिनु राम्रो हो । तर विकासका लागि बनाईएका सडक तथा भौतिक संरचना टीकाउ र दिर्घकालिन हुनु आवश्यक छ । बजेट फ्रिज हुने डरले हतारमा गरिने कामले तत्कालकालागि  फाईदा दिएपनि दिर्घकालिन रुपमा ठुलो दुर्घटना हुने निश्चय छ ।

कोरोना भाइरसको संक्रमणका कारण गरिएको बन्दाबन्दीले स्थानिय तहमा रोकिएका विकास निर्माणका काम  सञ्चालन हुन थालेका छन् । सरकारले लकडाउनलाई केहि खकुलोे बनाए संगै बर्दघाट सुस्ता पूर्व नवलपरासी जिल्लाका स्थानिय तहमा सडक निर्माण तथा भौतिक संरचना निर्माणका काम धमाधम सञ्चालन हुन थालेका हुन् । आर्थिक वर्ष सकिनै लागेपछि स्थायि तहलाई बजेट सक्न भ्याईनभ्याई भएको छ ।

बन्दाबन्दीको कारण अघि बढ्न नसकेका विकास निर्माणका कामहरु अघिबढाउन भन्दै स्थानिय तह असार मसान्तसम्म विकासका योजनाहरु सक्ने दौडमा लागेका छन् । नवलपरासीमा रहेका आठ स्थानिय निकायले लकडाउन केहि खुकुलो भएसंगै भौतिक संरचना निर्माण तथा सडकको काम सुरु गरेका हुन् ।

लकडाउनको प्रभावले स्थगित भएका सडक निर्माण, खानेपानी, भवन निर्माण लगायतका काम तिव्र गतिमा अघि बढेका छन् । स्थानिय तहहरुले विकासका कामहरु कार्यपालिकाको बैठक बसेर योजना बनाई असार मसान्तसम्ममा सबै योजनाहरु सक्ने गरी काम गरीरहेका छन्।

असार मसान्तसम्म काम सम्पन्न गरेर बजेट फर्छोट गर्नुपर्ने भएकाले विकासनिर्माणका कामहरु भईरहेको देबचुलि नगरपालिकाले जनाएको छ । एकातिर रोकिएका विकास निर्माणका कामहरु सम्पन्न भएको छ भने अर्कोतिर बर्षा याममा हतार हतारमा गरिएको निर्माणको काम टिकाउ नहुनेमा स्थानीय भने चिन्तीत छन् ।