चौतर्फी आलोचनापछि सत्तारुढ नेकपाले तत्काल अगाडि नबढाउने निर्णय गरेको भए पनि राष्ट्रियसभाको सोमबारको बैठकको सम्भावित कार्यसूचिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ संशोधन गर्न बनेको विधेयकलाई राखिएको छ ।
राष्ट्रियसभाको बैठक सोमबार दिउँसो बस्दैछ । सो बैठकको सम्भावित कार्यसूचिमा अख्तियार सम्बन्धी संशोधन विधेयक पनि रहेको हो । सो विधेयकको निजी क्षेत्रले चर्को विरोध गरेका छन् ।
यस्तै विज्ञले पनि सरकारले ध्यान अन्यत्र लैजानका लागि विधेयक ल्याएको बताएका छन् । त्यसपछि नेकपाको असार १२ गतेको स्थायी समिति बैठकले तत्काल सो विधेयक राष्ट्रियसभामा अघि नबढाउने निर्णय गरेको थियो । तर नेकपाको सो निर्णय विपरित देखिने गरी राष्ट्रियसभाले सम्भावित कार्यसूचिमा विधेयकलाई राखेको हो ।